२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमाले नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त

एमाले नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त


काठमाडौं-नेकपा एमालेका नेता झलनाथ खनाल कोभिड-१९ संक्रमणमुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत खनाल आइतबार कोरोना संक्रमण मुक्त भएका हुन् ।

करिब एक हप्ताअघि कोभिड-१९ को लक्षण देखा परेपछि खनाल नर्भिक अस्पताल भर्ना भएका थिए । त्यहाँ उनलाई अक्सिजन दिएर उपचार सुरु गरिएको थियो ।

‘डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएको छ,’ खनालले आफ्नो फेसबुकमा आइतबार लेखेका छन्, ‘अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आरामपछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु ।’

कोरोना संक्रमणमुक्त भएपनि खनाल चिकित्सकको सल्लाहमा केही दिन अस्पताल बस्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ