२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन ७४ जना कोरोना संक्रमितको मृत्यु, थप ९ हजार २ सयभन्दा बढीमा संक्रमण पुष्टि

एकैदिन ७४ जना कोरोना संक्रमितको मृत्यु, थप ९ हजार २ सयभन्दा बढीमा संक्रमण पुष्टि


काठमाडौँ – नेपालमा एकैदिन ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्रोतका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा रिपोर्ट भएका कोरोना संक्रमित मृतकको संख्या १ सय ३९ जना रहेको र स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ। केहि दिनयता देखि संक्रमण दरसँगै मृतकको संख्या पनि बढ्दै गैरहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७१ बढी कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा एकैपटक ४ हजार ७ जना संक्रमित कोरोना मुक्त भएका छन् । सोमबारसम्मको तथ्यांकमा ३ लाख ६ हजार ७ सय ९४ संक्रमित कोरोनामुक्त भैसकेका छन् । हाल निको हुने दर ७६.० प्रतिशत छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ