२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगण्डकीमा अहिलेससम्म कोरोनाबाट २७६ जनाको मृत्यु, ६५३ संक्रमित थपिए

गण्डकीमा अहिलेससम्म कोरोनाबाट २७६ जनाको मृत्यु, ६५३ संक्रमित थपिए


पोखरा-गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा १३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । ६५३ जना नयाँ संक्रमित थपिएका छन् ।

निर्देशनालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कास्कीका २, पर्वतका २, म्याग्दीका २, स्याङ्जाका ४, रुपन्देही, तनहुँ र लमजुङका १/१ जना रहेका छन् । निर्देशनालयले आइतबार १२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेको थियो ।

गण्डकी स्वास्थ्य निर्देशनालयले लमजुङ मस्र्याङ्दी गाउँपालिका ६का ६५ वर्षीय पुरुषको वैशाख २७ गते जिल्ला अस्पताल लमजुङ पोखरा ल्याउने क्रममा मृत्यु भएको जनाएको छ । उनमा गत २५ गते कोरोना पुष्टि भएको थियो ।

स्याङ्जा वालिङ १ की ६४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उनमा वैशाख १७ गते कोरोना पुष्टि भएको थियो ।

स्याङ्जाकै हरिनाश गाउँपालिका ४ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । उनमा आइतबार संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै, स्याङ्जाको फेदीखोला ९ की ६२ वर्षीया महिला, गल्याङ नगरपालिका ३ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

कास्कीको पोखरा महानगरपालिका ७ का ६७ वर्षीय पुरुषको आइतबार र पोखरा १३ का ८७ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण सोमबार ज्यान गएको छ ।

म्याग्दीको धौलागिरी गाउँपालिका २ का ३७ वर्षीय पुरुष, पर्वतको कुश्मा १ का ४७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण ज्यान गएको छ । वैशाख २२ गते कोरोना पुष्टि भएका पर्वतको कुश्मा नगरपालिका ४ का ६७ वर्षीय पुरुषको सोमबार निधन भएको छ । म्याग्दीकै अन्नपूर्ण गाउँपालिका ७२ वर्षीय पुरुषको आइतबार ज्यान गएको हो । यस्तै, रुपन्देही जिल्ला बुटवल बहानगरपालिका १ का ३४ वर्षीय पुरुष, तनहुँको भानु नगरपालिका १ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

यसैबीच, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशमा कूल २३ हजार ८८२ जनामा संक्रमण पुष्टि भएको र १८ हजार ७३ जना कोरोनामुक्त भएको जनाएको छ । पछिल्लो समय गण्डकीमा ५ हजार ५३३ जना सक्रिय संक्रमित रहकोमा ५ हजार ४९६ जना होम आइसोलेसनमा रहेका छन् ।

गण्डकीमा गत २४ घन्टामा कास्कीका २९८ जना, बागलुङका ५८ जना, स्याङ्जाका १५ जना, नवलपरासी पूर्वमा ८६ जना संक्रमित थपिएका छन् । यस्तै, तनहुँका २२, लमजुङका ३७, गोरखाका २२, पर्वतका ५०, म्याग्दीका ६३ जनामा कोरोना पुष्टि भएको छ भने मनाङ र मुस्ताङमा १/१ जना संक्रमित थपिए ।

कोरोना संक्रमित थपिइरहेको र पछिल्लो समय अस्पतालमा भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक हुने भएपछि स्वास्थ्य संस्थाबाहेकका प्रयोग क्षेत्रका अक्सिजन सिलिन्डर संकलन अभियान सञ्चालन गरिएको छ । यसैबीच पोखराका ७ वटा रोटरी क्लब मिलेर अक्सिजन बैंक स्थापना गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ