२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बियो


काठमाडौं-काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बाइएको छ । मंगलबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबार राति १२ बजे देखि लागु हुने गरी १५ दिनसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको हो।

सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले कोभिड १९ को संक्रमण बढिरहेको निष्कर्ष निकाल्दैं कडी कडाउका साथ निषेधाज्ञा बढाउनको लागि सिफारिस गरेको थियो।

वैशाख १६ गतेदेखि एक साताको लागि निषेधाज्ञा लगाएको थियो । त्यसलाई लम्ब्याएर बैशाख ३० गतेसम्म पुर्याएकोमा पुन १५ दिन लम्बाइएको हो ।

काठमाडाैंमा पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीब्र रूपमा फैलिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ