२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२९ निजी अस्पतालबाट कोभिड संक्रमितको उपचार भइरहेको छ : डा. पोखरेल

२९ निजी अस्पतालबाट कोभिड संक्रमितको उपचार भइरहेको छ : डा. पोखरेल


काठमाडौं–स्वास्थ्य तथा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले अहिले देशभर १ हजार ७०५ आईसीयु र ५ सय बढी भेन्टीलेटर रहेको बताएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संवाददाताहरुसँग गरेको जुम बैठकमा उनले उक्त जानकारी दिएका हुन् ।

डा. पोखरेलले अहिलेसम्म मन्त्रालयले २९ वटा निजी अस्पतालसँग सम्झौता गरेर कोभिड–१९ को उपचार भइरहेको बताए । ‘२९५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ,’ उनले भने, ‘हामीले २९ वटा अस्पतालसँग सम्झौता गरेर कोभिडको उपचार गरिरहेका छौं ।’

उनले नेपालमा पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या ०.९६ प्रतिशत रहेको बताउँदैं पछिल्लो दुई तीन दिनमा मृत्युको संख्या बढेको बताए । ‘यो चुनौतीपूर्ण छ,’ उनले भने ।

पछिल्लो दिनहरुमा देखिइरहेका संक्रमितमध्ये ४० प्रतिशत काठमाडौं उपत्यकाका रहेको उल्लेख गर्दै डा. पोखरेलले उपत्यका अहिले कोभिड–१९ को हटस्पट बनेको बताए ।

२० लाखले पहिलो चरणको कोरोना विरुद्धको खोप लगाएको उनले जानकारी दिए । अहिले ८७ पिसिआर ल्याबबाट कोभिड १० परीक्षण भइरहेको बताउँदैं उनले सीमामा एन्टीजेनबाट जाँच भइरहेको उल्लेख गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ