२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ सय एचडियु थपिदैं, वीर, पाटन र त्रिवि शिक्षण पूर्ण कोभिड अस्पतालः स्वास्थ्य सचिव

५ सय एचडियु थपिदैं, वीर, पाटन र त्रिवि शिक्षण पूर्ण कोभिड अस्पतालः स्वास्थ्य सचिव

स्वास्थ्य सामग्री खरिदका लागि अर्थबाट १४ अर्बको सुनिश्चितता


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभिड–१९ को अहिलेको अवस्था हाम्रो संरचनाले थेग्न गाह्रो भएको बताएका छन् । मंगलबार संवाददाताहरुसँग मन्त्रालयले गरेको जुम बैठकमा बोल्दैं अर्यालले हाइडिपेन्डेन्सी युनिटी (एचडियु) ५ सय थप्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

‘अहिलेको अवस्था हाम्रो संरचनाले थेग्न गाह्रो परिरहेको छ,’ उनले भने, ‘५ सय एचडियु थप्ने प्रक्रिया अगाडि बढेको छ ।’ काठमाडौं सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको बताउँदैं उनले निजी अस्पतालका ७५ प्रतिशत बेड कोभिड-१९ का बिरामीका लागि उपलब्ध गराउने निर्णय भएको उल्लेख गरे ।

सचिव अर्यालकाअनुसार अब वीर, पाटन र त्रिवि शिक्षण अस्पताल फुज फेज कोभिड अस्पतालका रुपमा सञ्चालन हुने जानकारी दिए ।

अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भइरहेको बताउँदैं सचिव अर्यालले अस्पतालहरुसँग १० हजार सिलिण्डर मात्रै रहेको बताए । लिक्विड अक्सिजन टंयाक किन्ने प्रक्रिया सुरु गरिएको उनले बताए ।

२०–२० हजार माथिका अक्सिजन टंयाकका लागि दाताहरुसँग प्रस्ताव गरिएको उनको भनाइ थियो । ‘२ सय बेडमाथिका अस्पतालले अक्सिजन प्लान्ट राख्न चाहेमा सरकारले सहयोग गर्नेछ,’ उनले भने ।

कोभिड-१९ को रोकथाम सरकारको प्राथमिकता भएको बताउँदैं उनले खोप खरिदमा भने केही जटिलता आएको बताए । ‘तर, पहल भइरहेको छ,’ उनले भने ।

सचिव अर्यालले स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट अर्थमन्त्रालयबाट सुनिश्चितता भएको पनि जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ