२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितको स्वास्थ्य सामग्री काठमाडौँमा

४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितको स्वास्थ्य सामग्री काठमाडौँमा


काठमाडौँ – चीनको बेइजिङबाट झन्डै २६ टन स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगमको वाइडबडी काठमाडौँ आइपुगेको छ।

मंगलबार दिउँसो काठमाडौँ अवतरण गरेको विमानले चीनबाट अनुदान प्राप्त ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितका स्वास्थ्य सामग्री ल्याएको हो।

सोमबार राति साढे ११ बजे निगमको वाइडबडी ए ३३० सो स्वास्थ्य सामग्री ल्याउन बेइजिङ गएको थियो । चीनबाट २ हजार थान अक्सिजन सिलिण्डर नेपाल ल्याउने तयारी सरकारको छ।

हाल तयार भएका ४ सय थान अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री वायु सेवा निगमको वाइडबडीबाट नेपाल ल्याइएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ