२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपतिद्वारा नर्सहरुको त्याग, समर्पण र लगनशीलताको प्रशंशा

राष्ट्रपतिद्वारा नर्सहरुको त्याग, समर्पण र लगनशीलताको प्रशंशा


काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले नर्सहरुको त्याग, समर्पण र लगनशीलताको प्रशंशा गरेकी छन् । बुधबार अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा शुभकामना दिदैं राष्ट्रपतिले नर्सहरुको प्रशंशा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले आफ्नो ट्वीटरमार्फत अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना दिएकी हुन् । उनले अहिलेको विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइमा अग्रभागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिएको भन्दैं नर्सहरुप्रति उच्च सम्मान प्रकट गरेकी छन् ।

‘विश्वव्यापी महामारी (कोभिड–१९) विरुद्धको लडाइमा अग्रभागमा हेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिनु भएका नर्सहरुको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंशा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपतिले ट्वीटरमा भनेकी छन् ।

आज १२ मेलाई संसारभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइन्छ । यस पटक ‘नर्स नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइदैंछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ