२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा कोभिड-१९ बाट एकैदिन २३ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोभिड-१९ बाट एकैदिन २३ जनाको मृत्यु


पोखरा-गण्डकी प्रदेशमा कोभिड-१९ को संक्रमणबाट एकैदिन २३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर २३ जना संक्रमितको मृत्यु भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४१ पुगेको छ । मृतकहरुमध्ये कास्की पोखरा महानगरका १० जना रहेका छन् । जसमध्ये ८ जना पुरुष र २ महिला रहेका छन् । स्याङ्जाका ६ जना पुरुष, बागलुङका ३ जना पुरुष, तनहुँका २ जना पुरुष र १ महिला तथा पाल्पाका १ महिला रहेका छन् ।

पछिल्लो २४ घन्टामा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ४३१ जना कोरोनामुक्त भएका छन् । निर्देशनालयकाअनुसार संक्रमित हुने २९८ महिला र ३८२ पुरुष छन् ।

जिल्लागत रुपमा हेर्दा कास्कीका ३०६, तनहुँका २७, लमजुङका ४६, गोरखाका ७४, पर्वतका ६१, म्याग्दीका ५२, बागलुङका ४, स्याङ्जाका २३ र नवलपरासी पूर्वका ८७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले उल्लेख गरेको छ । मनाङ र मुस्ताङमा भने नयाँ संक्रमित भेटिएका छैनन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ