२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ८१६७ नयाँ संक्रमित थपिए, ५४५५ जना संक्रमणमुक्त

नेपालमा ८१६७ नयाँ संक्रमित थपिए, ५४५५ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप ८ हजार १ सय ६७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ४ लाख ४७ हजार ७ सय ४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौंमा २ हजार १ सय ४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ को संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)