२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. आइएल आचार्यको निधन

वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. आइएल आचार्यको निधन


काठमाडौं – वरिष्ठ ग्यास्ट्रोइन्टरोलोजिष्ट डा. आइएल आचार्यको निधन भएको छ । ८३ वर्षको उमेरमा आचार्यको आइतबार विहान १०:०५ मा सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कोभिड–१९ संक्रमण पुष्टि भएपछि उनलाई १८ बैशाखमा अस्पताल भर्ना गरिएको थियो । उनको-२९ बैशाखमा पिसिआर रिपोर्टमा कोभिड–१९ नेगेटिभ देखिएको थियो ।

कोरोना संक्रमण निको भएपछि पनि डा. आचार्यको फोक्सोमा जटिल समस्या देखिएको कारणले अस्पतालको नन् कोभिड सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको थियो  । आइतबार विहान अचानक उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा सारेर उपचार अगाडि बढाइएको थियो । तर, चिकित्सकको अथक प्रयासका बाबजुद पनि डा. आचार्यको निधन भएको अस्पतालले जनाएको छ ।

२०३५ सालदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील डा. आचार्यले लामो समय वीर अस्पतालमा बिताएका थिए ।

डा. आचार्यको उपचारमा अस्पतालका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्ट डा. विश्व श्रेष्ठ, सिनियर कन्सल्टेन्ट फिजिसियन तथा नेफ्रोलोजिष्ट डा. अनिल पोखरेल, कन्सल्टेन्ट फिजिसियन डा. स्वरूप श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. निरोज हिराचन्द लगायतका चिकित्सकहरुको संलग्नता रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ