२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ नियन्त्रणका लागि ‘क्वीक रेस्पोन्स टिम’ बनाउन प्रधानमन्त्री ओलीको निर्देशन 

कोभिड-१९ नियन्त्रणका लागि ‘क्वीक रेस्पोन्स टिम’ बनाउन प्रधानमन्त्री ओलीको निर्देशन 


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्ध ‘क्वीक रेस्पोन्स टिम’ बनाएर अगाडि बढ्न निर्देशन दिएका छन् । आइतबार सिहंदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले पैसाको अभावमा कुनै पनि नागरिकको ज्यान जान नहुने बताउँदै  अक्सिजनलगायतका स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा द्रुत गतिमा गर्न समेत निर्देशन दिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

सीसीएमसीको बैठकले  देशको समग्र स्वास्थ्य संरचनालाई एकीकृत ढंगले महामारी विरुद्ध परिचालन गर्न आवश्यक रहेको निष्कर्ष समेत निकालेको ज्ञवालीले बताए । ‘देशको समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगले महामारी विरुद्ध लगाउन जरुरी छ,’ उनले भने, ‘सबै स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगले संचालन गर्न केही कानुनी प्रबन्ध चाहिएको छ ।’

अहिले नेपालको स्वास्थ्य प्रणाली स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहमा विकेन्द्रित छ । सीसीएमसीको बैठकले विकेन्द्रित स्वास्थ्य प्रणालीका कारण महामारी विरुद्ध लड्न गाह्रो भएको निष्कर्ष निकालेको छ ।

यस्तै, सीसीएमसी बैठकले अहिलेको खरिद प्रक्रियामा पनि समस्या रहेको निष्कर्ष निकालेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ