२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखाडी र चीनबाट ल्याइएका अक्सिजन सिलिण्डर बाँडियो, कहाँ कति ?

खाडी र चीनबाट ल्याइएका अक्सिजन सिलिण्डर बाँडियो, कहाँ कति ?


काठमाडौं–खाडीबाट र चीनबाट ल्याइएका अक्सिजन सिलिण्डहरु वितरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र विभिन्न अस्पतालहरुलाई अक्सिजन सिलिण्डर बाँडेको गरेको हो ।

ओमानको मस्कटबाट ल्याइएका ५६० अक्सिजन सिलिण्डरमध्ये सुदूरपश्चिम र कर्णाली प्रदेशलाई एक–एक सय थान, लुम्बिनी प्रदेशलाई २ सय थान, गण्डकी प्रदेशलाई ५० थान, प्रदेश २ लाई ८५ थान दिइएको छ ।

चीनबाट आएको ४ सय सिलिण्डरमध्ये वीर, पाटन, त्रिवि शिक्षण अस्पताललाई ५०–५० थान दिइएको छ । यस्तै, लुम्बिनी प्रदेश अस्पताललाई ४५ थान, सिभिल सर्विस अस्पताललाई ४० थान सिलिण्डर दिइएको छ ।

यस्तै, एपीएफ हस्पिटल २४ थान, किष्ट मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्र, मनमोहन हस्पिटल २०–२० थान हस्पिटल बाँडिएको छ । यस्तै, सेती प्रादेशिक अस्पताललाई ३५ थान सिलिण्डर दिइएको छ ।

मस्कटबाट खाडीमा काम गर्ने नेपालीहरुले पठाएका अक्सिजन सिलिण्डर आइतबार नै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् (आइसीसी)का अध्यक्ष कुमार पन्तले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ