२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार स्वास्थ्यमा नयाँ जिम्मेवारी : उपचारात्मकमा डा. रायमाझी, भरतपुरमा डा. न्यौपाने र प्रदेश २ मा डा. झा 

 स्वास्थ्यमा नयाँ जिम्मेवारी : उपचारात्मकमा डा. रायमाझी, भरतपुरमा डा. न्यौपाने र प्रदेश २ मा डा. झा 


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ औं तहका तीन चिकित्सकहरुको जिम्मेवारी तोकेको छ । केहि दिन अघि ११ औं तहमा बढुवा भएका डा. रोशन न्यौपानेलाई भरतपुर अस्पतालको निर्देशकको रुपमा पठाइएको छ ।

त्यसैगरी, डा पवन जंग रायमाझीलाई स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा   महाशाखाको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, डा. विजय झालाई प्रदेश २ को सामाजिक विकास मन्त्रालय पदस्थापन गरिएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए ।

तीनैजनाको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय गरी पदस्पथापन गरिएको हो ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)