२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका सरकारी अस्पतालमा कोभिड ओपीडी सेवा सुरु

काठमाडौंका सरकारी अस्पतालमा कोभिड ओपीडी सेवा सुरु


काठमाडौं-काठमाडौंका सरकारी अस्पतालमा कोभिड–१९ ओपीडी सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका सरकारी अस्पतालमा कोभिड–१९ ओपीडी सुरु गरिएको जानकारी दिए ।

सरकारले आइतबारबाट काठमाडौंका सरकारी अस्पतालबाट ओपीडी सेवा दिन थालेको हो । कोभिड–१९ का ओपीडीहरुमा कोभिडका पोजेटिभ बिरामीहरु जाँचेर सामान्य भएमा घर पठाउने व्यवस्था गरिएको छ भने अक्सिजन चाहिएमा ओपीडीमै दिने र हेर्ने एवं सिरियस भएमा भर्ना गर्ने गरी व्यवस्था गरिएको डा. गौतमले बताए ।

उनकाअनुसार निजी अस्पताललाई पनि यसरी नै कोभिड–१९ ओपीडी सञ्चालन गर्न निर्देशन दिइएको छ । ‘यसले अस्पतालको भर्ना र अक्सिजनको चाप घटाउँछ,’ डा. गौतमले भने, ‘जसले गर्दा अक्सिजन बेड नपाउने सम्भावना कम हुन्छ ।’

यस्तै मन्त्रालयले बिरामीका आफन्तलाई अक्सिजन ल्याउनु अनि भर्ना गर्छु भन्नु गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति भएको ठहर गर्दै त्यस्तो नगर्न समेत अस्पतालहरुलाई भनेको छ ।

डा. गौतमकाअनुसार अहिले अक्सिजन प्लान्ट, लिक्विड टंयाक, अक्सिजन कन्सन्टेटर र सिलिण्डरको व्यवस्थापन हुँदैं गइरहेको छ र यो केही दिनमै सजिलो हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ