२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर ९२४७ जनामा कोभिड-१९ पुष्टि, थप २१४ को मृत्यु

देशभर ९२४७ जनामा कोभिड-१९ पुष्टि, थप २१४ को मृत्यु


काठमाडौँ – देशभर थप ९ हजार २ सय ४७   जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८७ स्वाब परीक्षण गरिएकोमा थप ९ हजार २ सय ४७ जनामा कोभिड-१९ पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना पुष्टि हुने संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या २ सय १४ रहेको मन्त्रालयले जनाएको छ । भने, थप ५ हजार ७ सय ६७ जना उपचार पछि कोरोनामुक्त भएका छन्। उपचार पछि कोरोनामुक्त हुने दर ७४.४ प्रतिशत पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार हालसम्म मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ र कोरोनामुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)