२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान डिनमा डा. श्रीकृष्ण र डा. खत्री निर्देशकमा नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान डिनमा डा. श्रीकृष्ण र डा. खत्री निर्देशकमा नियुक्त


पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा डा. श्रीकृष्ण श्रेष्ठ डिन नियुक्त भएका छन् । सोमबार प्रतिष्ठानका उपकुलपति डुकबहादुर (डिबी) क्षेत्रीले डा. श्रेष्ठलाई  डिन नियुक्त गरेका हुन् ।

बालरोग विशेषज्ञ डा. श्रेष्ठ यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुपरिटेन्डेन्ट भएर ३ वर्ष काम गरेका थिए ।

यस्तै, डिन श्रीकृष्ण श्रेष्ठको सिफारिसमा मंगलबार डा. भरतबहादुर खत्री निर्देशकमा नियुक्त भएका छन् । निर्देशक डा. खत्री हाडजोर्नी तथा नसा रोग विशेषज्ञ हुन् । उनी मेट्रोसिटी हस्पिटलका अध्यक्षसमेत रहेको बताइन्छ ।

नयाँ नियुक्तिसँगै काम तीव्र हुने प्रतिष्ठानका उपकुलपति क्षेत्रीले विश्वास व्यक्त गरे । उनले भने,‘हाम्रोमा अक्सिजन प्लान्ट छैन, कसरी स्थापन गर्न सकिन्छ भन्ने नै पहिलो योजना हो ।’

प्रतिष्ठान मातहतको पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट नबन्नुमा त्यहीँका पूर्व उपकुलपति लगायतका डाक्टरहरुको स्वार्थ भएको आरोप लागिरहेको अवस्थामा उपकुलपति डा. क्षेत्री भन्छन्,‘ विगतका कुराहरुमा मैले टीका टिप्पणी गर्न मिल्दैन, डाक्टरहरुले पहल गर्नुभएकै हुँदो हो ।’

रेट्रो फिटिङ अन्तर्गतको ठेकेदारले ४ महिना प्लान्ट राख्ने नसक्ने जानकारी दिएको भन्दै रेट्रो फिटिङको पुरानो कन्ट्याक्ट छोडेर अघि बढ्ने योजनमा रहेको उनको भनाइ थियो । उनले भने,‘अहिले निजी अक्सिजन प्लान्टबाटै ठेक्कापट्टा मार्फत अक्सिजन प्राप्त भइरहेको छ तर पर्याप्त छैन ।’

‘अनुभवलाई प्रतिष्ठानमा उपयोग गर्छु’

नवनियुक्त डिन डा. श्रीकृष्ण श्रेष्ठले क्षेत्रीय अस्पतालमा ३ वर्ष सुपरिटेन्डेन्ट हुँदाको अनुभव र उपयोग गरी काम गर्ने बताए । उनले भने,‘ म डाइरेक्टर सिफ्ट पार गरी डिन सिफ्टमा आएको हुँ, अध्ययन अध्यापनसम्बन्धी सम्पूर्ण अधिकार डिनमा रहने हुँदा प्रतिष्ठानलाई राम्रो बनाउन दिलोज्यान दिएर लाग्नेछु । अहिले यही नै गर्छु भन्ने त भएन, तर प्राज्ञिक कार्यक्रम डिनको जिम्मेवारी भित्र पर्छ, सोही अनुसार गर्छु ।’

आफू बच्चासम्बन्धी डाक्टर भएकाले मानवीय संवदेना बुझेकाले सेवा भावले काम गर्ने बताए । उनी सम्झन्छन्, ‘आमाले बच्चा जन्माउँदाको पीडा एकातिर छ, अर्काे तिर जन्मँदै बच्चा सिकिस्त हुन्छ, त्यस्तो अवस्थामा बच्चालाई निका पार्न सक्दा असाध्यै खुसी लाग्छ ।’


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ