२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रेस्क्रीप्सन बिना ‘एन्टियोबायोटिक’ र ‘स्टेरोइड’ औषधी बेच्न नपाइने

प्रेस्क्रीप्सन बिना ‘एन्टियोबायोटिक’ र ‘स्टेरोइड’ औषधी बेच्न नपाइने


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस्क्रीप्सन बिना ‘एन्टिबायोटिक’ र ‘स्टेरोइड’ बेच्न रोक लगाउने तयारी गरेको छ ।

मंगलबार बसेको मन्त्रालयको इसिन्डेन्ट कमाण्ड सिष्टम (आईसीएस)को बैठकले अहिले कोभिड–१९ संक्रमितहरु सोझै औषधि पसलमा गएर ‘एन्टिबायोटिक ‘र ‘स्टेरोइड’ औषधी किनेर खाने प्रचलन बढ्दो देखिएको निष्कर्ष निकाल्दै त्यसमा रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले आईसीएसले त्यसका लागि औषधी व्यवस्था विभाग र नेपाल फार्मेसी काउन्सिललाई निर्देशन दिने निर्णय गरेको बताए ।

डा. अधिकारीकाअनुसार आईसीएसले कोभिड–१९ उपचार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका, सम्झौता गरेका तथा अफिनबाट प्राप्त सूचीका अस्पतालहरुमा मात्रै कोभिडको उपचार गर्ने गरी तोकेर सूचि सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरुलाई ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’मा मात्रै कोभिड संक्रमितको उपचारमा संलग्न हुने गरी अस्पताल, चिकित्सकहरु सबैलाई निर्देशन गर्ने निर्णय पनि आईसीएसको बैठकले गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ