२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर ८२०३ जनामा कोभिड-१९ पुष्टि, १९६को मृत्यु

देशभर ८२०३ जनामा कोभिड-१९ पुष्टि, १९६को मृत्यु

६ हजारभन्दा बढी संक्रमित निको भए


काठमाडौँ – देशभर थप ८ हजार २ सय ३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ७९  स्वाब परीक्षण गरिएकोमा थप थप ८ हजार २ सय ३  जनामा कोभिड-१९ पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना पुष्टि हुने संख्या ४ लाख ७२  हजार ३  सय ५४  पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १ सय ९६  रहेको मन्त्रालयले जनाएको छ । भने, थप ६ हजार ८  सय ९१  जना उपचार पछि कोरोनामुक्त भएका छन्। उपचार पछि कोरोनामुक्त हुने दर ७४.६  प्रतिशत पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ र कोरोनामुक्त हुनेको संख्या ३ लाख ५२  हजार ४  सय १४  पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)