२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुर्खेत प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्ने तयारी

सुर्खेत प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्ने तयारी


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सुर्खेत प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्न क्याबिनेटमा प्रस्ताव लैजाने तयारी गरेको छ ।

मंगलबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस)को बैठकले सुर्खेत प्रादेशिक अस्पताल संघअन्तर्गत बनाउने निर्णयका लागि क्याबिनेट प्रस्ताव लैजाने निर्णय गरेको हो ।

केही दिनअघि सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले अक्सिजनको कमी भएको भन्दैं नयाँ बिरामी भर्ना नलिने सार्वजनिक सूचना जारी गरेका थिए । उक्त सूचनाको चौतर्फी आलोचना भएको थियो ।

मन्त्रालयका अधिकारीहरुकाअनुसार अहिलेको कोभिड–१९ संक्रमण र रोकथाममा प्रदेश अस्पतालले मन्त्रालयसँग समन्वय पनि गरेको छैन ।

यस्तै, आईसीएस बैठकले अस्पतालहरुले बिरामीलाई अक्सिजन लिएर आउने भएमात्रै उपचार गर्ने कबुलियतनामा गराउने गरेको जानकारी आएको भन्दै त्यस्ता नगर्न र गरेको पाइएकोमा नियमानुसार कारवाही गर्ने सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि गरेको छ ।

काेभिड १९ काे पहिलाे महामारीमा कर्णाली प्रदेशमा राम्राे काम भएर प्रसंसा भएकाे थियाे । अहिले प्रदेशकाे सत्ता समिकरणा बदलीएसंगै अस्पताल व्यवस्थापनमा समस्या सृजना भएकाे हाे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ