२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोभिड-१९का २ नयाँ भेरियन्ट पुष्टि, सबै उमेरका लागि जोखिमपूर्ण

नेपालमा कोभिड-१९का २ नयाँ भेरियन्ट पुष्टि, सबै उमेरका लागि जोखिमपूर्ण


काठमाडौँ – नेपालमा कोभिड-१९का थप दुईवटा भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको थप २ वटा नयाँ भेरियन्ट पुष्टि भएको जनाएको हो ।

यससँगै नेपालमा हालसम्म ३ वटा कोभिड-१९का भेरियन्ट पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत साता देशका विभिन्न भागबाट संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा जिन स्विक्विन्सङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो  ।

सो स्वाबको रिपोर्ट नतिजा मंगलबार प्राप्त भएको हो  । उक्त नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्धयनहरुले देखाएको भन्दै सबैलाई सचेत रहन र जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैमा मन्त्रालयले अपिल गरेको छ ।

उक्त नयाँ भेरिन्यटलाई ‘विश्वव्यापी भेरिन्यट अफ कन्सर्न भनी’ २०२१ मे १० मा  विश्व स्वास्थ्य संगठनले  घोषणा समेत गरिसकेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ