२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ अनुगमन समितिले बनायो अनुगमनका लागि दुई टिम

कोभिड–१९ अनुगमन समितिले बनायो अनुगमनका लागि दुई टिम


काठमाडौं–नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा बनेको कोभिड–१९ अनुगमन समितिले दुई वटा केस अनुगमन टिम गठन गरेको छ । ४ जेठमा बसेको समितिको बैठकले ५–५ सदस्सीय दुई टिम गठन गरेको हो ।

दुई वटा टिमले संक्रमितहरुलाई बेड, प्रेस्क्रिब्सन, अक्सिजन आदिको स्थलगत अनुगमन गरी समितिमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

अनुगमन समितिले गठन गरेको टिम ‘क’ मा प्रा.डा. नारायण विक्रम थापा, डा. सुभीत मास्के, विन्दा घिमिरे, कुमार थापा र ई. आषिश चौहान रहेका छन् ।

यस्तै, टिम ‘ख’ मा डा. लोचन कार्की, डा. मोहन श्रेष्ठ, प्रज्वलजंग पाण्डे, हेमराज दाहाल र ई. सुरेश श्रेष्ठ रहेका छन् ।

यसअघि २८ बैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कोइरालाको नेतृत्वमा ११ सदस्सीय कोभिड १९ अनुगमन समिति गठन गरेको थियो ।

सो समितिको सदस्यसचिव मन्त्रालयको एचइओसी इकाई प्रमुख डा समीरकुमार अधिकारीलाई तोकिएको छ । समितिले कोभिड–१९ संक्रमणमा अस्पतालहरुमा भइरहेको व्यवस्थापन, उपचार र जनगुनासोलाई अध्ययन गर्ने अधिकार दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ