२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैपटक ७९८९ जना संक्रमित कोरोनामुक्त, २४६को मृत्यु

एकैपटक ७९८९ जना संक्रमित कोरोनामुक्त, २४६को मृत्यु

थपिए ८ हजारभन्दा बढी संक्रमित


काठमाडौँ –  देशभर थप ८ हजार १ सय ७३ पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा बुधबार २ हजार ७ सौ ८७ जना संक्रमित थपिएका छन् ।  सबैभन्दा बढी काठमाडौँमा १ हजार ९ सय ८८, भक्तपुरमा २ सय २८ र ललितपुरमा २ सय ७० जना संक्रमित थपिएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमित निको भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ सय ४६ जना संक्रमितले ज्यान गुमाएको प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ