२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ मा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने प्रस्ताव अर्थमा

कोभिड-१९ मा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने प्रस्ताव अर्थमा

मन्त्रालय र विभागका कर्मचारीले भने जोखिम भत्ता नपाउने


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ मा खटिने स्वास्थ्यकर्मीलाई ५ महिना ५० प्रतिशत जोखिम भत्ता दिने प्रस्ताव अर्थ मन्त्रालय पठाएको छ । स्वास्थ्यले मन्त्रालय र विभागका कर्मचारीलाई भने जोखिम भत्ता नदिने प्रस्तावमा छ ।

दुई हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा कोभिड-१९ का खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका थिए ।

कोभिड-१९ को पहिलो बेवमा सरकारले कात्तिकसम्मको जोखिम भत्ता स्वास्थ्यकर्मीलाई दिएको थियो । मन्त्रालयले त्यतिबेला कोभिड-१९ संक्रमितको उपचार गरेको आधारमा अस्पताललाई केश बेस शोध भर्ना दिएर त्यहीबाट जोखिम भत्ता दिन भनेको थियो ।

तर, यस पटक भने केस बेसको शोध भर्ना बाहेक कोभिड-१९ मा खटिने स्वास्थ्यकर्मीलाई छुट्टै ५० प्रतिशत जोखिम भत्ताका लागि अर्थ मन्त्रालयलाई प्रस्ताव पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक प्रशासन शाखाका एक कर्मचारीले जानकारी दिए ।

अर्थ मन्त्रालयबाट सहमति आएसँगै उक्त प्रस्ताव क्याबिनेट लैजाने तयारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ