२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भन्यो – पोखराको विध ल्याब अवैध हो

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भन्यो – पोखराको विध ल्याब अवैध हो


काठमाडौँ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विध ल्याब प्रालि पोखरामा दर्ता नभएको जनाएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गण्डकी  स्वास्थ्य निर्देशनालयलाई पत्र लेख्दै विध ल्याब पोखरामा हुने पिसिआर परीक्षण अवैध रहेको जनाएको हो ।

ललितपुर मुख्य कार्यालय रहेको विध ल्याब प्रालिले पोखरा महानगरपालिका – ८ नयाँ बजार, कास्कीमा विध ल्याबको शाखा खोलेर पिसिआर परीक्षण गर्ने गरेको पाइएको थियो ।

मंगलबार गण्डकी प्रदेश निर्देशनालयको टोलीले उक्त प्रयोगशालाले पिसिआर परीक्षणको इजाजत पत्र नलिएको भन्दै सिल गरेको थियो । विध ल्याबका संचालकहरुले भने आफूहरुसँग पिसिआर परीक्षणको अनुमति रहेको कागजात रहेको दावी गर्दै आएका थिए।

त्यसपछि गण्डकी स्वास्थ्य निर्देशनालयले विध ल्याबले पोखरामा पिसिआर परीक्षणको अनुमति लिए नलिएको बारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग जानकारी मागेको थियो । त्यसको जवाफमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले  विध ल्याबले पोखरामा पिसिआर परीक्षणको अनुमति नलिएको स्पष्ट गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विध ल्याब प्रालि पोखरा अवैध रहेकाले पिसिआर लगायतका कुनै पनि परीक्षण नगर्न भनेको छ ।

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ