२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. वीरेन्द्रबहादुर प्रधान

नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. वीरेन्द्रबहादुर प्रधान


काठमाडौं-वीरगन्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. वीरेन्द्रबहादुर प्रधान नियुक्त भएका छन् । बुधबार स्वास्थ्यमन्त्री हृद्धयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गर्दै नारायणीको जिम्मेवारी डा. प्रधानलाई दिएका हुन् ।

मन्त्रालयका प्रशासन प्रमुख दामोदार रेग्मीले डा. प्रधानलाई नारायणीको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको जानकारी दिए । ‘हिजो मन्त्रीस्तरीय निर्णयबाट नारायणीको मेसुको जिम्मेवारी डा. वीरेन्द्रबहादुर प्रधानलाई दिइएको छ,’ उनले भने ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रधान नारायणीका १० औं तहका चिकित्सक हुन् । उनी वीरगन्जकै स्थानीय हुन् ।

‘उहाँले धेरै समय नारायणीमै काम गर्नुभएको छ,’ अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले भने, ‘उहाँ सबैले सम्मान गर्ने चिकित्सक हुनुहुन्छ ।’

यसअघि नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. एक के (सन्जकुमार) ठाकुर थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ