२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल रेडक्रस ९० अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण गर्दै

नेपाल रेडक्रस ९० अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण गर्दै


काठमाडौं–नेपाल रेडक्रस सोसाइटीले ९० थान अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण गर्ने भएको छ । शुक्रबार नेपाल रेडक्रसले उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लागेको हो ।

‘हामी दिउँसो ३ बजे स्वास्थ्यमन्त्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दैछौं,’ नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले हेल्थआवाजसँग भने, ‘अक्सिजन कन्सन्ट्रेटर, फुलवडी पीपीईलगायतका स्वास्थ्य सामाग्रीहरु छन् ।’ कार्यक्रममा चिनियाँ राजदूतलाई रेडक्रसले आमन्त्रण गरेको छ ।

रेडक्रसले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहजीकरणमा उक्त सामाग्री हस्तान्तरण गर्न लागेको हो ।

रेडक्रसले कोभिड–१९ विरुद्ध आवश्यक पर्ने २ हजार थान फूलबडी पीपीई, ७ लाख थान मास्क पनि सरकारलाई उपलब्ध गराउँदैंछ ।

उक्त सामाग्रीहरु नेपाल रेडक्रसलाई चाइनिज रेडक्रसले सहयोग गरेको ढकालले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ