२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराको मातृशिशु अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

पोखराको मातृशिशु अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय


पोखरा – पोखरा महानगरले पोखरा १६ स्थित मातृशिशु अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । महानगरको वैशाख १० गतेको ४९ औं बैठकले उक्त निर्णय गरेको पोखरा महानगरका प्रवक्ता तथा पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

महानगरको निर्णय कार्यान्वयन गराउन र कोभिड अस्पताल बनाउन पोखरा महानगरपालिकाबाट १० लाख रुपैयाँ र जिल्ला समन्वय समिति कास्कीबाट १५ लाख गरी २५ लाख अनुदान सहयोग गरेका छन् । उक्त रकम स्वास्थ्य सामग्री व्यवस्थापनमा खर्च गरिने मातृशिशु अस्पतालका प्रमुख डा. पुष्कर पौडेलले जानकारी दिए ।

मातृशिशु अस्पतालको माथिल्लो तलामा कोभिड वार्ड र तल्लो तलामा सुत्केरी वार्ड राख्ने गरी तयारी भएको मातृशिशु अस्पतालका प्रमुख डा. पुष्कर पौडेलले जानकारी दिए ।

उनका अनुसार त्यहाँ जनशक्ति अभावले आइसियु बिरामी राख्न भने सकिँदैन । ‘अहिले २० कोभिड बेड राख्ने गरी काम थालेका छौं, हामीसँग अक्सिजन प्लान्ट पनि छ । आईसियू र भेन्टिलेटर भए पनि जनशक्ति अभावले सञ्चालन गर्न सकेको छैनौं, मन्त्रालयसँग मागिरहेका छौं,’ डा. पौडेलले भने ।

 

 

 

 

 


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ