२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८९८० कोभिड–१९ का संक्रमित थपिए, ८८४८ संक्रमणमुक्त

८९८० कोभिड–१९ का संक्रमित थपिए, ८८४८ संक्रमणमुक्त


काठमाडौं–नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोभिड–१९ संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २० हजार १ सय ५ जना गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड–१९ बाट संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२९ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालका कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ