२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३४ वर्षीय अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोभिड–१९ संक्रमणबाट निधन

३४ वर्षीय अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोभिड–१९ संक्रमणबाट निधन


काठमाडौं–अर्थोपेडिक सर्जन डा. मुराद* हुसेनको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ । आइतबार विहान ६ बजे नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा ३४ वर्षीय डा. मुरादको निधन भएको हो ।

कलेजमा पढ्दा उनका सिनियर रहेका डा. सन्तोष बटाजुले कोभिड–१९ कारण डा. मुरादको निधन भएको पुष्टि गरे । ‘आज विहान ६ बजे मेडिसिटी अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो,’ उनले भने, ‘हामीले एउटा होनहार युवा चिकित्सक गुमायौं ।’

१० दिनअघि उनलाई वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई ८ दिनअघि एयर लिफट गरेर मेडिसिटीमा ल्याएर उपचार थालिएको थियो ।

वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. उदय सिंहले पनि कोभिड-१९ का मुलुकले एक युवा र उर्जाशील चिकित्सक गुमाएको बताए ।

वीरगन्ज स्थायी घर भएका डा. मुरादले बंगलादेशबाट एमबीबीएस गरेका हुन् । उनी केही समयअघि मात्रै त्यहीबाट अर्थोपेडिकमा एमएस गरेर फर्किएका थिए ।


*यसअघि नाम मुरद हुन गएकोमा सच्याइएको छ 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ