२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ३४ वर्षीय अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोभिड–१९ संक्रमणबाट निधन

३४ वर्षीय अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोभिड–१९ संक्रमणबाट निधन


काठमाडौं–अर्थोपेडिक सर्जन डा. मुराद* हुसेनको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ । आइतबार विहान ६ बजे नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा ३४ वर्षीय डा. मुरादको निधन भएको हो ।

कलेजमा पढ्दा उनका सिनियर रहेका डा. सन्तोष बटाजुले कोभिड–१९ कारण डा. मुरादको निधन भएको पुष्टि गरे । ‘आज विहान ६ बजे मेडिसिटी अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो,’ उनले भने, ‘हामीले एउटा होनहार युवा चिकित्सक गुमायौं ।’

१० दिनअघि उनलाई वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई ८ दिनअघि एयर लिफट गरेर मेडिसिटीमा ल्याएर उपचार थालिएको थियो ।

वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. उदय सिंहले पनि कोभिड-१९ का मुलुकले एक युवा र उर्जाशील चिकित्सक गुमाएको बताए ।

वीरगन्ज स्थायी घर भएका डा. मुरादले बंगलादेशबाट एमबीबीएस गरेका हुन् । उनी केही समयअघि मात्रै त्यहीबाट अर्थोपेडिकमा एमएस गरेर फर्किएका थिए ।


*यसअघि नाम मुरद हुन गएकोमा सच्याइएको छ 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ