२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमेरिकी कम्पनी जोनसोन एण्ड जोनसोन नेपाललाई खोप दिन सकारात्मक

अमेरिकी कम्पनी जोनसोन एण्ड जोनसोन नेपाललाई खोप दिन सकारात्मक

सेरमले तत्काल खोप नदिने भएपछि सरकारको थप चार खोप कम्पनीलाई पत्राचार


काठमाडौं-भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले तत्काल कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप नदिने भएपछि सरकारले थप चार कम्पनीलाई पत्राचार गरेको छ । चार कम्पनीमध्ये अमेरिकाको जोनसोन एण्ड जोनसोनले सरकारलाई सकारात्मक जवाफ पठाएको छ ।

‘हामीले सेरमबाहेक थप चार कम्पनीलाई कोभिड-१९ विरुद्धको खोपका लागि पत्राचार गरेका छाैं,’ स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भने, ‘अमेरिकी कम्पनी जोनसोन एण्ड जोनसोनले सकारात्मक जवाफ पठाएको छ ।’

जोनसोन एण्ड जोनसोनको खोप एक डोज मात्र लगाए पुग्ने भएकाले अन्य खोपको तुलनामा सस्तो पनि पर्नेछ । जोनसोन एण्ड जोनसोनको खोप २ देखि ८ डिग्री तापक्रममा राख्न सकिने हुँदा भण्डारणका लागि पनि सहज छ ।

यस्तै, सरकारले दक्षिण कोरियामा उत्पादन भइरहेको अस्टाजेनेका खोपका लागि पनि पत्राचार गरेको छ भने रुसको स्पुतनिक भीका लागि कम्पनीलाई पत्राचार गरिएको निर्देशक पोखरेलले बताए । स्पुतनिक भीले स्पुतनिक लाइट भनेर एक डोज लगाए पुग्ने खोप पनि विकास गरेको छ । भारतका दुई र चीनका दुई खोप उत्पादकलाई पनि सरकारले पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमकाअनुसार कोभिशिल्डको पहिलो डोज लगाएकालाई दोस्रो डोज पनि त्यही चाहिने भएकाले कोभ्याक्सलाई कोशिशिल्ड दिन मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले फाइजर र मोडर्नाबाहेक सबै खोप उत्पादक कम्पनीसँग छलफल अगाडि बढाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ