२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ को दोस्रो लहरमा कति थपिए भेन्टिलेटर, आईसीयु र एचडियु ?

कोभिड–१९ को दोस्रो लहरमा कति थपिए भेन्टिलेटर, आईसीयु र एचडियु ?


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै अस्पतालमा उपकरण र वेड संख्या वृद्धिलाई तीब्रता दिएको छ । सोमबार भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले स्वास्थ्य उपकरण, अक्सिजन प्लान्ट र बेड संख्या वृद्धिमा जोड दिइरहेको बताए ।

मन्त्री त्रिपाठीकाअनुसार बैशाखमा ३ सय २७ भेन्टिलेटर रहेकोमा त्यसलाई वृद्धि गरेर ९०४ पु¥याइएको छ । अब चाडै १८० भेन्टिलेटर थप हुने क्रममा रहेको मन्त्री त्रिपाठीले जानकारी दिए ।

यस्तै, देशभरका अस्पतालमा २६ सय आईसीयु रहेकोमा ४ सय थपेर ३ हजार पु¥याइएको छ । ‘६ सय ३० आईसीयु थप गर्ने प्रक्रिया अगाडि बढेको छ,’ मन्त्री त्रिपाठीले भने ।

हाइडिपेन्डेन्सी युनिटी (एचडियु) सरकारीमा २ हजार ७५ निजीमा ७७८ थप गरी सञ्चालन ल्याइएको उनले बताए । १४ थप एचडियु थप गर्ने प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ