२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारद्वारा ५ देशलाई खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह

सरकारद्वारा ५ देशलाई खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह


काठमाडौं–सरकारले पाँच देशलाई कोभिड–१९ विरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीकाअनुसार अमेरिका, बेलायत, रुस, चीन र भारतलाई खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरिएको छ ।

मन्त्री त्रिपाठीले अहिले अन्तर्राष्ट्रिय बजारमा कोभिड–१९ विरुद्धको खोप सहज रुपमा उपलब्ध नभएका कारण मन्त्रालयले खोप व्यवस्थापनका लागि विविध पहलहरु अगाडि बढाएको छ । उसले अमेरिका, बेलायत, चीन, भारत र रुसलगायतका खोप उत्पादक देशमा खोप खरिदका लागि उच्चस्तरीय पहल पनि जारी राखेको छ ।

मन्त्री त्रिपाठीले २६ लाख बढीलाई खोप लगाइसकिएको जानकारी दिएका छन् । सोमबार मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा २६ लाख ६५ हजार ९ सय ८७ लाई कोभिड–१९ विरुद्धको खोप लगाइएको बताए हुन् ।

दोस्रो मात्रा खोप ५ लाख ५३ हजार ५ सय ८९ रहेको छ । अहिलेसम्म अनुदान र खरिदबाट नेपालले ३२ लाख ४८ हजार मात्रा पाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ