२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम निष्क्रिय

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम निष्क्रिय


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ उपचार र नियन्त्रणका लागि बनाएको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) निष्क्रिय भएको छ । आईसीएसका कामहरु कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालले गर्ने भएपछि निष्क्रिय बनाइएको हो।

मन्त्रालयका सह- प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी भएसँगै आईसीएसको भूमिका नभएकोले निष्क्रिय बनाइएको हो ।’कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी भएपछि आईसीएसले गर्ने धेरै काम  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र युनिफाइड केन्द्रीय अस्पतालको अधिकार क्षेत्रमा पर्ने भएपछि निष्क्रिय बनाइएको हो’,डा. अधिकारीले भने ।

यसअघि स्वास्थ्य मन्त्रालय मातहतको आईसीएसले कोभिड-१९को उपचार र व्यवस्थापनलगायतका कार्यहरु गर्दै आएको थियो । अहिले ती कामहरु कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र युनिफाइड केन्द्रीय अस्पतालले गर्ने व्यवस्था अध्यादेशमा छ ।

कोभिड-१९ रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापन सम्बन्धि कार्यहरु गर्नका लागि प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहेको छ ।  यस्तै, निर्देशक समिति मातहत कोभिड-१९ संकट व्यवस्थापन केन्द्र रहेको छ ।

त्यसैगरी, अध्यादेशमा स्वास्थ्य मन्त्रालय मातहत शक्तिशाली  युनिफाइड केन्द्रीय अस्पताल(वीर अस्पताल)को व्यवस्था गरिएको छ । केन्द्रीय अस्पताललाई कोभिड-१९ उपचार र व्यवस्थापनको कमाण्ड दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ