२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ संकट ब्यवस्थापन केन्द्रमा स्वास्थ्य मन्त्रालयबाट डा. दिपेन्द्ररमण सिंह

कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रमा स्वास्थ्य मन्त्रालयबाट डा. दिपेन्द्ररमण सिंह


काठमाडौं-कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहले प्रतिनिधित्व गर्ने भएका छन् । स्वास्थ्य मन्त्रालयको केही दिनअघि बसेको बैठकले स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. सिंहलाई सीसीएमसीमा पठाउने निर्णय गरेको हो ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले सीसीएमसीमा स्वास्थ्य मन्त्रालयबाट विभागका महानिर्देशक डा. सिंहले प्रतिनिधित्व गर्ने जानकारी दिए ।

सरकारले ल्याएको कोभिड-१९ संकट ब्यवस्थापन अध्यादेश, २०७८ मा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य सेवाको १२ औं तहको अधिकृत सदस्य रहने व्यवस्था छ । डा. सिंह पनि मन्त्रालयका १२ औं तहका अधिकारी हुन् ।

यसअघि सीसीएमसीमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ सदस्य थिए ।

सोमबार सरकारले केन्द्रको कार्यकारी निर्देशक (सिईओ)मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिसकेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य सेवाको १२ औ तहको अधिकृत, नेपाली सेनाको उपरथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त महानिरिक्षक, गृह मन्त्रालयको सहसचिव र उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव सदस्य रहने व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ