२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभ्याक्सलाई अस्ट्राजेनेका र जोन्सोनको खोप माग्ने तयारी

कोभ्याक्सलाई अस्ट्राजेनेका र जोन्सोनको खोप माग्ने तयारी


काठमाडौं–सरकारले कोभ्याक्स सुविधामार्फत नेपालले पाउने थप खोप अस्ट्राजेनेका र जोन्सोनको माग्ने तयारी गरेको छ । राष्ट्रिय खोप समितिको सिफारिसमा कोभ्याक्ससँग अस्ट्राजेनेका र जोन्सोनको खोप माग्ने तयारी भएको हो ।

पहिलो डोज खोप कोभिशिल्ड लगाएका मिल्ने भएकाले कोभ्याक्सलाई अस्ट्राजेनेकाको खोप माग्ने तयारी सरकारले गरेको हो ।

‘हामीले कोभ्याक्सलाई अस्ट्राजेनेकाको खोप माग्छौं,’ परिकल्याण महाशाखाका निर्देशक डा. तारा पोखरेलले भने, ‘पहिलो डोज कोभिशिल्ड लगाएकालाई अस्ट्राजेनेकाको खोप मिल्छ ।’ उनले त्यसका लागि कोभाक्सलाई पत्र पठाउने तयारी भइरहेको जानकारी दिए ।

अहिले अस्ट्राजेनेकाको खोप भारतबाहेक दक्षिण कोरिया, बेलायतलगायतका देशहरुले उत्पादन गरिरहेका छन् । यो खोप अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका हुन् ।

यस्तै अमेरिकी कम्पनी जोन्सोनसँग खोप खरिद गर्ने कुरा अगाडि बढेकाले सरकारले जोन्सोनको खोपका लागि पनि कोभ्याक्सलाई अनुरोध गर्ने तयारी गरेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालको ६० जनसंख्यालाई खोप दिने घोषणा गरिएको थियो । पहिलो लटमा नकोभ्याक्सले १९ लाख डोज दिने भनेपनि नेपालले ३ लाख ४८ हजार डोज मात्रै पाएको छ ।

नेपाल किनेको १० लाख डोज कोभिशिल्ड खोप सेरमले दिन नसक्ने र कोभ्याक्स सुविधामार्फत पाउने खोप पनि नआएपछि नेपालको खोप अभियान प्रभावित भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ