२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिको भए ७२२६ संक्रमित, ६९३९ जनामा कोभिड-१९ पुष्टि

निको भए ७२२६ संक्रमित, ६९३९ जनामा कोभिड-१९ पुष्टि


काठमाडौं – देशभर थप ६ हजार ९ सय ३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ९२  जनाकाे पिसिआर र  एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको  हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ७  हजार २ सय २६ जना संक्रमित निकाे भएको मन्त्रालयले जानकारी दिएको छ। हाल निको हुने दर ७७.२ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट १ सय ६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१  पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)