२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेलले पाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुख समेत रहेका डा. पौडेललाई मन्त्रालयको प्रवक्ता जिम्मेवारी पनि दिइएको हो ।

स्वास्थ्य मन्त्रालयको कर्मचारी महाशाखा प्रमुख डा. दामोदर रेग्मीले डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको बताए । ‘मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ,’ उनले भने ।

यसअघिका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारी अधिकारी नियुक्त भएपछि मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी रिक्त थियो ।

स्वास्थ्य मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि महत्वपूर्ण मानिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)