२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनले दिने अनुदानको २ लाख डोज खोप आइतबार नेपाल आउँदैं

चीनले दिने अनुदानको २ लाख डोज खोप आइतबार नेपाल आउँदैं

कोभिड-१९ विरुद्धको खोपका लागि ३६ अर्ब बजेट स्रोत सुनिश्चित


काठमाडौं–चीन सरकारले अनुदानमा दिने भनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आइपुग्ने भएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त जानकारी दिएका हुन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दैं उनले बाँकी ८ लाख डोज भने जुन पहिलो साता नेपाल एयरलाइन्सबाट नेपाल ल्याइने बताए ।

मन्त्री ज्ञवालीकाअनुसार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई १७ लाख कोभिशिल्ड खोप उपलब्ध गराउन सहजीकरणका लागि पत्राचार समेत गरिएको छ ।

यस्तै, सरकारले अमेरिकी खोप निर्माता कम्पनी जोन्सोनसँग ५० लाख र चिनियाँ खोप उत्पादक सिनोफार्मसँग ५० लाख डोज खरिदका लागि प्रस्ताव पठाएको छ ।

मन्त्री ज्ञवालीले अमेरिकामा ६ करोड डोज सिनोभ्याक्सको खोप रहेको बताउँदैं नेपालले उक्त खोपका लागि लबिइङ गरिरहेको बताए । ‘हामीले अमेरिकी उप विदेशमन्त्रीसँग कुरा गरिरहेका छौं,’ उनले भने, ‘सकारात्मक जवाफ आएको छ ।’ उनले एक हप्ताभित्रै कोभिड खोपको खुसीको समाचार सुन्ने पाउने दावी गरे ।

सन् २०२१ भित्र लक्षित समुदायलाई खोप लगाइसक्ने बताउँदैं उनले खोपका लागि ३६ अर्ब बजेटको स्रोत सुनिश्चित भएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ