२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन निको भए ९८४१ संक्रमित, ६९५१ जनामा कोभिड–१९ पुष्टि

एकैदिन निको भए ९८४१ संक्रमित, ६९५१ जनामा कोभिड–१९ पुष्टि


काठमाडौं-नेपालमा ९ हजार ८ सय ४१ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना संक्रमणमुक्त भएका हुन् ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेहरुको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोभिड-१९ को संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ