२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्वास्थ्यकर्मी संघको माग सरकारसँग

स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्वास्थ्यकर्मी संघको माग सरकारसँग


काठमाडौं– राष्ट्रिय स्वास्थ्यकर्मी संघले भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दूर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ। संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी माथि हातपात गर्नेलाई कारवाही गर्न माग गरेको हो।

संघले आफ्नो ज्यानको प्रवाह नगरी स्वास्थ्य सेवामा समर्पित रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको पटक-पटक हातपात, र अस्पतालमा हुने गरेको तोडफोडजस्ता अपराधजन्य घटनाको घोर भर्त्सना गर्दै सत्यतथ्य छानविन गर्नुपर्ने जनाएको छ।

दोषीलाई कारवाहीको माग गर्दै आगामी दिनमा स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग गरेको हो।

यस्तै, संघले यस घटनाबाट घाइते भएका स्वास्थ्यकर्मीहरुको शीघ्र स्वास्थ्य कामना समेत व्यक्त गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ