२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सक संघद्वारा ७ दिनभित्र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने अध्यादेशमार्फत कानुन ल्याउन माग

चिकित्सक संघद्वारा ७ दिनभित्र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने अध्यादेशमार्फत कानुन ल्याउन माग


काठमाडौँ – नेपाल चिकित्सक संघले अबको सात दिनभित्र देशभरका चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने अध्यादेशमार्फत कानुन ल्याउन सरकारसँग माग राखेको छ। संघले आइतबार विज्ञप्ति जारी गरी भेरी अस्पतालको घटनामा संलग्न व्यक्तिहरुलाई कडा कारवाही गर्न र अबको ७ दिनभित्र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने अध्यादेशमार्फत कानुन ल्याउन सरकारसँग माग राखेको हो।

संघले उक्त माग पूरा नभएमा कडा भन्दा कडा कदम चाल्ने र यसको जिम्मेवार सरकार आफैं हुने चेतावनी समेत दिएको छ। संघका महासचिव डा.बद्री रिजालले राज्यका विभिन्न उच्च तह र तप्कामा बसेका व्यक्ति तथा निकायसँग पनि घटना र त्यसबाट उत्पन्न परिस्थिति, निम्तन सक्ने परिणाम र त्यसका लागि कानुन ल्याउने विषयमा समेतसंघले निरन्तर गम्भीर छलफल गरिरहेको जानकारी दिएका छन्।

‘अहिले महामारीको अवस्थामा सरकारले अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको भौतिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्दै र यस कार्यमा बाधा सिर्जना गर्ने सबै घटनाका दोषी व्यक्तिमाथि तत्काल कारवाही गर्न अध्यादेश मार्फत यथाशीघ्र कानुन बनाइ सुरक्षाको सुनिश्चित गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस विषम परिस्थिति चिकित्सकको मनोबल वृद्धि गर्नुको सट्टा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक, धम्की, लान्छनादेखि दुर्व्यवहार, कुटपिटका घटना बढ्दै गएको भन्दै संघले दुख व्यक्त गरेको छ।

भेरी अस्पतालको घटना पछि संघले १३ गते कालो दिन र १४ गते कालो पट्टि बाँधी काम गर्ने निर्णयका साथै सोहि दिन साँझ संघका १६ शाखाका पदाधिकारीसँगै भर्चुअल माध्यमबाट आकस्मिक छलफल समेत गरेको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ