२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४३६९ जनामा कोभिड-१९ पुष्टि, १०९को मृत्यु

थप ४३६९ जनामा कोभिड-१९ पुष्टि, १०९को मृत्यु


काठमाडौँ– नेपालमा थप ४ हजार ३ सय ६९ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोभिड-१९ पुष्टि भएको हो।

गत २४ घण्टामा १० हजार ९ सय ८६ पीसीआर र १ हजार ७ सय ८४ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।

यस्तै, संक्रमणबाट १०९ जनाको मृत्यु भएको छ।

यता, पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ जना संक्रमति निको भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ