२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को उपनिर्देशकमा डा. नवीन र डा. अशेष नियुक्त

युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को उपनिर्देशकमा डा. नवीन र डा. अशेष नियुक्त


काठमाडौं-कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा दुई जना उपनिर्देशक नियुक्त भएका छन् । आइतबार अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमले डा. नवीन पोखरेल र डा. अशेष ढुंगानालाई उपनिर्देशकमा नियुक्त गरेका हुन् ।

डा. नवीन दशौं तहका चिकित्सक हुन् । उनी राष्ट्रिय ट्रमा सेन्टरका एनेस्थेसिया एण्ड क्रिटिकल केयर विशेषज्ञ हुन् । पोखरेलले वीरको नन कोभिडतर्फको उपचार हेर्नेछन् ।

डा. ढुंगानालाई भने वीरको कोभिड १९ हेर्ने गरी उपनिर्देशक बनाइएको हो । उनी बरिष्ठ चेष्ट फिजिसियन हुन् ।

सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रुपमा सञ्चालन गर्ने कानुनी प्रबन्ध गरिएको छ । अस्पताल स्वास्थ्य मन्त्रालय नै सञ्चालन गर्ने व्यवस्था छ ।

सबै कोभिड–१९ अस्पतालहरुको नियमनदेखि बिरामीको उपचार व्यवस्थापनसम्म जिम्मेवारी केन्द्रीय अस्पतालको छ । यस्तै, अस्पतालले प्रयोगशालादेखि खरिदसम्मका महत्वपूर्ण काम गर्ने अधिकार पनि केन्द्रीय अस्पतालले पाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ