२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको कब्जामा

स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको कब्जामा

पटक–पटक बुझाउन ताकेता गर्दा पनि अटेर


धनुषा–प्रदेश २ का सांसदले स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि व्यक्तिगत कार्यमा प्रयोग गरेको पाइएको छ । जनता समाजवादी पार्टीका प्रदेश सांसद डा. रीना यादवले पोखरभिण्डा स्वास्थ्य चौकी, सम्सी महोतरीको एम्बुलेन्स एक वर्षदेखि व्यक्तिगत काममा प्रयोग गरेको पाइएको हो ।

भारतीय राजदूतावासबाट एक वर्ष अगाडि सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले स्वास्थ्य चौकीलाई हस्थान्तरण नगरी व्यक्तिगत काममा प्रयोग गरिरहेको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत मोहिबुल अन्सारीले बताए ।

स्वास्थ्य चौकीको पत्र लिएर दूतावासबाट स्वास्थ्य चौकीका लागि प्रदेश सांसद यादवले बुझेको एम्बुलेन्स व्यक्तिगत काममा प्रयोग गर्दै आएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय महोतरीको नियमित बैठकबाट कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि कोभिड–१९ का बिरामीलाई अस्पताल ल्याउन एम्बुलेन्स छुट्याउने निर्णय गरेपछि प्रदेश सांसदले व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको एम्बुलेन्स गाउँपालिकामा बुझाउन पत्राचार गरेको अन्सारीले बताए ।

स्वास्थ्य चौकीको एम्बुलेन्स गाउँपालिकालाई बुझाउन मौखिक र लिखित रुपमा पटक–पटक जानकारी गराएपनि प्रदेश सांसदले अटेर गर्दै आएको सम्सी गाउँपालिका स्वास्थ्य शाखा स्रोतले जनाएको छ । ‘भारतीय दूतावासबाट स्वास्थ्य चौकीका लागि बुझेको एम्बुलेन्स पटक–पटक माग्दा पनि बुझाउनु भएन्,’ प्रमुख प्रसाशकीय अधिकृत अन्सारीले भने, ‘स्वास्थ्य चौकीको लागि दूतावासबाट ल्याएको एम्बुलेन्स प्रदेश सांसदले दुरुपयोग गरेका छन् ।’

एम्बुलेन्स गाउँपालिकामा उपलब्ध गराउन लिखित रुपमै पनि आग्रह गरेको छु । केही दिनमा स्वासथ्य चौकीलाई एम्बुलेन्स बुझाउने भनिएपनि सांसद यादवले फोन उठाउन छोडेको अन्सारीले बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ