२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ १२ करोडमा फ्रान्समा खरिद गरिएका १० वटा अक्सिजन प्लान्ट नेपाल ल्याइने

१२ करोडमा फ्रान्समा खरिद गरिएका १० वटा अक्सिजन प्लान्ट नेपाल ल्याइने


काठमाडौं–कोभिड–१९ कारण बिरामीहरुका लागि अक्सिजनको चरम अभाव भएपछि फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट नेपाल ल्याइने तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न सामाजिक संस्था र व्यापारिक समूहको समन्वयमा झण्डै १२ करोड रुपैयाँ बराबरमा खरिद गरिएका १० वटा अक्सिजन प्लान्ट तीन साताभित्रै नेपाल ल्याइने गरी तयारी भइरहेको छ ।

प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयसँग समन्वयमा खरिद गरिएका ती अक्सिजन प्लान्ट सरकारले कार्गो विमानमार्फत ल्याउने तयारी गरेको छ ।

उक्त अक्सिजन प्लान्ट क्रियसन नेपाल, अमेरिका नेपाल मेडिकल फाउन्डेसन, मिसन रिबिल्ट नेपाल, ह्युम्यानिटी फाउन्डेसन नेपाल, बतास फाउन्डेसन, जगदम्बा स्टिल र स्याकार ट्रेडिङ कम्पनी प्रालिको पहलमा ल्याउन लागिएको हो । १० वटा मध्ये एक वटा अक्सिजन प्लान्टका लागि भने कोकाकोला फाउण्डेसनको सहयोग रहेको छ ।

उक्त १० वटा अक्सिजन प्लान्ट सातै प्रदेशका अस्पतालहरुलाई निःशुल्क उपलब्ध गराइने छ । त्यसका लागि प्राविधिक अध्ययन पनि ती संस्थाहरुले गरिरहेका छन् । अहिलेसम्म दार्चुला, धनगढी र पोखरामा अक्सिजन प्लान्ट राख्ने टुंगो लागेको छ भने अन्य ठाउँको टुंगो लागिसकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ