२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि अध्यादेश क्याबिनेट लगिदैं

स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि अध्यादेश क्याबिनेट लगिदैं


काठमाडौं–कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मीमाथि कुटपिटका घटना बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि अध्यादेश क्याबिनेट लैजाने तयारी गरेको छ । मन्त्रालय स्रोतकाअनुसार स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि अध्यादेश क्याबिनेट लैजानका लागि तयारी भइसकेको छ ।

‘अबको क्याबिनेटमा मन्त्रालयबाट स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि अध्यादेश लैजाने तयारी छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘पछिल्लो समय यस्तो महामारीका खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यहार र कुटपिटका घटना बढेकाले पनि यो अध्यादेश क्याबिनेट नलगी नहुने भयो ।’ ती अधिकारीले अध्यादेशमा समेटिएका प्रावधानहरुबारेमा भने बताउन चाहेनन् ।

पछिल्लो समय देशका विभिन्न भागमा अस्पतालमा बिरामीको उपचारमा खटिएका चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीमाथि कुटपिट, हातपात र दुर्व्यवहारका घटना बढिरहेका छन् । हालैमात्रै भेरी अस्पताल नेपालगन्ज एक जना बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले नर्स र चिकित्सकमाथि आक्रमण गरेका थिए ।

उक्त आक्रमणपछि चिकित्सक र स्वास्थ्यकर्मीहरुले सरकारमाथि स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि अध्यादेश ल्याएर ‘जेल विद आउट बेल’ लागु गर्न माग गरिरहेका छन् । चिकित्सकहरुको पेशागत संगठन नेपाल चिकित्सक संघले पनि उक्त अध्यादेश ल्याउन माग गरिरहेको छ ।

नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले सोमबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर अध्यादेश चाँडो क्याबिनेट लैजान सुझाव दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ