२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६४९१ कोभिड-१९ संक्रमणमुक्त, ४७६२ नयाँ संक्रमित थपिए

६४९१ कोभिड-१९ संक्रमणमुक्त, ४७६२ नयाँ संक्रमित थपिए


काठमाडौं-नेपालमा थप ४ हजार ७ सय ६२ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमित हुनेको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ सय १४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ