२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरको सर्जिकल भवनबाट कोभिड–१९ का बिरामीको उपचार सुरू

वीरको सर्जिकल भवनबाट कोभिड–१९ का बिरामीको उपचार सुरू

हप्ता–१० दिनमै वीरको मुख्य भवन र ट्रमाबाट नन कोभिड सेवा सुचारु हुने


काठमाडौं–कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले सर्जिकल भवनबाट कोभिड–१९ का बिरामीको उपचार सुरु गरेको छ । मंगलबारदेखि वीरले सर्जिकल भवनबाट सेवा सुरु गरेको अस्पतालका उपनिर्देशक डा. नवीन पोखरेलले जानकारी दिए ।

सर्जिल भवनबाट अहिले ५० बेड व्यवस्थापन गरेर उपचार सुरु गरेर बिरामी भर्ना लिन थालिएको छ । ‘हामीले आजैबाट सर्जिकल भवनमा बिरामी भर्ना लिन थालेका छौं,’ डा. पोखरेलले भने, ‘अब हप्ता दश दिनभित्र राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालबाट पूर्ण रुपमा नन कोभिड सेवा प्रारम्भ हुनेछ ।’

अहिले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीको उपचार भइरहेको छ । नयाँ सर्जिकल भवनमा कोभिड–१९ को मात्र उपचार गर्ने गरी बेड बढाउँदैं लैजाने तयारी छ । केही दिनमै उक्त भवनमा कोभिड–१९ का बिरामीको उपचारका लागि १ सय शैय्या पुर्याउने तयारी छ ।

आवश्यकताअनुसार त्यसलाई बढाउँदै लैजाने तयारी व्यवस्थापनले गरेको छ । सर्जिकल भवन ५ सय शैय्या क्षमताको छ ।

सर्जिकल भवनमा अक्सिजन प्लान्ट नभएकाले अक्सिजन प्लान्ट व्यवस्थापनका लागि काम अगाडि बढाइएको छ । अहिले सर्जिकल भवनमा अक्सिजन सिलिण्डर र लिक्वीइड अक्सिजनको व्यवस्था गरेर कोभिड–१९ का बिरामीहरुको उपचार थालिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ