२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६०८५ जनामा कोभिड-१९ पुष्टि, ६८को पुष्टि

थप ६०८५ जनामा कोभिड-१९ पुष्टि, ६८को पुष्टि


काठमाडौं – नेपालमा थप ६ हजार ८५  जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २० हजार १ सय ६५ जनाको परीक्षण गर्दा थप ६ हजार ८५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ६८  जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)